नियम १३
थप अभियोगपत्र दायर गर्न बाधा नपर्ने
(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कसूरका सम्बन्धमा कुनै अभियुक्त उपर यस नियमावली बमोजिम अभियोगपत्र दायर भई सैनिक अदालतबाट मुद्दा पुर्पक्ष भइरहेकोमा पछि थप सवुद प्रमाणहरू प्राप्त हुन आई त्यस्तो अभियुक्त उपर थप अभियोग माग दावी लिनु पर्ने भएमा वा अन्य व्यतिmहरू उपर समेत मुद्दा दायर गर्नु पर्ने देखिन आएमा सैनिक अदालतको अनुमति लिई अभियुक्त उपर थप अभियोग माग दावी लिन वा अन्य व्यक्ति उपर पुरक अभियोगपत्र दायर गरी मुद्दा चलाउन सकिनेछ ।
(२) उपनियम (१) बमोजिम पुरक अभियोगपत्र दायर गरिएकोमा त्यस्तो पुरक अभियोगपत्र शुरुमा पेश गरेको अभियोगपत्रको अभिन्न अङ्ग मानिनेछ ।
(३) उपनियम (१) बमोजिम कुनै अभियुक्त उपर थप अभियोगको माग दावी लिएकोमा त्यसरी थप अभियोग लगाइएको विषयमा चित्त नबुझेमा अभियुक्तले सो अभियोग बदर गराउन पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्नेछ ।
(४) यस नियम बमोजिम थप अभियोग लगाउँदा हेलचक्राईं वा बदनियत चिताइ थप अभियोग लगाएको देखिन आएमा सैनिक अदालतले त्यसरी हेलचक्राईं वा बदनियत चिताइ थप अभियोग लगाउने व्यक्ति उपर विभागीय कारबाही गर्न आदेश दिन सक्नेछ ।